काठमाडौं । नेपाली बजारमा आज बुधबार सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो।
यससँगै प्रतितोला सुन २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा किनबेच भएको थियो।
यता, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा तोलामा ५५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा ४ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ५५५ रुपैयाँमा कारोबार भएको थियो।










