काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन–चाँदीको भाउमा उच्च गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४५ सय रुपैयाँले घटेको हो।
यसँगै आज प्रतितोला सुन २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।










