समय : ०४:४२ pm | मङ्गलबार , जेठ १२ गते २०८३

नेप्से परिसूचकमा ९.२४ अंकको गिरावट

अर्थ विशेष | जेठ १२ गते २०८३

काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ९ दशमलव २४ अंकले घटेर २,७७७ को विन्दुमा कायम भएको छ । आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४२ कम्पनीको १ करोड १८ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १६ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाहस ऊर्जाको १४ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् । कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । त्रिशुली जलविद्युतका लगानीकर्ताले ५ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् । सिर्जनशील लघुवित्तका लगानीकर्ताले ५ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ३ दशमलव ६० प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्