समय : ०३:३२ pm | मङ्गलबार , जेठ १२ गते २०८३

स्नो रिभर्सको आइपीओ बाँडफाँड

अर्थ विशेष | जेठ १२ गते २०८३

काठमाडौं । स्नो रिभर्स लिमिटेडको आइपीओ बाँडफाँड भएको छ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज बिहान आइपीओ बाँडफाँड भएको हो।

आइपीओमा मागभन्दा बढी आवेदन परेकाले उक्त आइपीओ गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँड गरिएको छ। जस अनुसार ७७ हजार ८१२ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँड गर्दा बाँकी भएको ५ कित्ता, १० कित्ताभन्दा बढी शेयर खरिदका लागि आवेदन दिएका लगानीकर्ताहरुमाझ बाँडफाँड गरिएको छ। ५ जना आवेदकले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

कम्पनीले गत बैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँबराबरको ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्