काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव १५ अंकले घटेर २,७४० को विन्दुमा कायम भएको छ । आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३३९ कम्पनीको ५६ करोड ४३ लाख २८८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ९ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाहस उर्जाको ९ करोड ५८ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एशियन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ११ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् । एसवाई प्यानलका लगानीकर्ताले ४ दशमलव ६२ प्रतिशतका दरले कमाएका हुन् । हिमालयन बैंक बन्डका इकाईधनीले ४ दशमलव ३४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै धौलागिरी लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ११ दशमलव १७ प्रतिशतका दरले गुमाएका हुन् ।










