समय : ०२:१५ pm | बिहिबार , वैशाख १७ गते २०८३

सोपान फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट

अर्थ विशेष | वैशाख १७ गते २०८३

काठमाडौं । सोपान फर्मास्युटिकल्सको आइपीओ आज वैशाख १७ गते बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज बिहान आयोजित कार्यक्रममा सोपान फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट गरिएको हो।

यो कम्पनीले गत वैशाख ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख ७४ हजार ९०० कित्ता आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओमा २७ लाख ६८ हजार ७४३ आवेदकबाट ३ करोड ३ लाख ६६ हजार ९५० कित्ता शेयर माग भएको थियो।

यस आइपीओमा २७ लाख ३० हजार ९८७ आवेदकबाट माग भएको २ करोड ९९ लाख ६ हजार ५२० कित्ता शेयर सदर भएको छ भने ३७ हजार ७५६ आवेदकबाट माग भएको ४ लाख ६० हजार ४३० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ३ लाख ४७ हजार ४९० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्