समय : ०६:५७ pm | आइतबार , चैत्र १५ गते २०८२

नेप्से परिसूचकमा ७१ अकंको गिरावट

अर्थ विशेष | चैत्र १५ गते २०८२

काठमाडौं । आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ७१ दशमलव ०५ अंकले घटेर २,८७९ को विन्दुमा कायम भएको छ । आज ९ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २५६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३३ कम्पनीको ३ करोड ५२ लाख ४८ हजार कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रु पावर कम्पनीको ५२ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको ४८ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर र रिज लाइन इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सूर्यकुण्डका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्