समय : ०२:१५ pm | आइतबार , चैत्र १५ गते २०८२

सात पालिकाको नवप्रवर्तन कार्यक्रमका लागि रु तीन करोड ४० लाख

अर्थ विशेष | चैत्र १५ गते २०८२

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीका विभिन्न पाँच जिल्लाका सात स्थानीय तहसँगको साझेदारीमा नवप्रवर्तन परियोजना सञ्चालनका लागि स्थानीय तहलाई अख्तियारी दिएको छ ।

आइतबार बसेको मन्त्रीपरिषद् बैठकले रुकुम पश्चिम, सल्यान, दैलेख, मुगु, जाजरकोट र कालिकोट जिल्लाका सात पालिकामा उक्त परियोजना सञ्चालनका लागि अख्तियारी दिने निर्णय गरेको सरकारका प्रवक्ता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

उक्त परियोजनाका लागि तीन करोड ४० लाख बजेट विनियोजन गरिएको उनले बताए । परियोजना अन्तर्गत रुकुम पश्चिम जिल्लाको सानी भेरी गाउँपालिकामा डिजिटल प्रविधिमा आधारित स्थानीय सेवा प्रवाह, सल्यानको शारदा नगरपालिकामा एकीकृत डिजिटल सेवा तथा सूचना व्यवस्थापन प्रणाली र रुकुम पश्चिममा चौरजहारी नगरपालिकामा प्रविधिमैत्री शिक्षाका लागि डिजिटल कक्षा कोठा व्यवस्थापन परियोजना सञ्चालन गरिने छ ।

त्यस्तै दैलेखको नारायण नगरपालिकामा आर्थिक विकास र रूपान्तरणका लागि व्यावसायिक उद्यम विकास परियोजना, मुगुको मुगुमा कार्माराङ गाउँपालिकामा डिजिटल नवप्रवर्तनमा आधारित सामुदायिक अस्पताल सुदृढीकरण कार्यक्रम, जाजरकोटको नलगाड नगरपालिकामा प्रविधिमैत्री एकीकृत सेवा प्रवाह केन्द्र सञ्चालन र कालिकोटको रास्कोट नगरपालिकामा डिजिटल पालिका परियोजना कार्यान्वयन गर्न अख्तियारी दिने निर्णय गरेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्