काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५ दशमलव ०१ अंकले बढेर २,९३६ को विन्दुमा कायम भएको छ । आज १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १५४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३४२ कम्पनीको ३ करोड ८० लाख ७३ हजार कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ७८ करोड माथिको शेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको ६७ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६० करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ५७ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सालपा विकास बैंक, रिलायन्स स्पीनिङ मिल्स, सोलु हाइड्रो र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सनराइज फर्स्ट म्युचुअल फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ दशमलव ७१ प्रतिशतका दरले गुमाएका हुन् ।









