समय : ०६:४६ pm | आइतबार , चैत्र ८ गते २०८२

नेप्से परिसूचकमा ५४ अंकको वृद्धि

अर्थ विशेष | चैत्र ८ गते २०८२

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५४ दशमलव ५१ अंकले बढेर २,९३१ को विन्दुमा कायम भएको छ । आज १८३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३६४ कम्पनीको ६ करोड १४ लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ५९ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८५ करोड ९६ लाख माथिको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ७७ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ७५ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डभेलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पीनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै एनआइसी एशिया ब्यालेन्स फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ दशमलव ७१ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्