काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित बालेन्द्र शाह (बालेन)ले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन् । बालेनले सोमबार निर्वाचन आयोगलाई बुझाएको खर्च विवरण अनुसार उनले प्रतिनिधिसभा निर्वाचनको लागि जम्मा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेका छन् ।
उनले १५ दिन सवारी साधान चलाउँदा २ लाख ९३ हजार ८ सय, ५ पटक झापा आउँदा जादाको हवाई भाडामा ३५ हजार, झापाका २९ वटा वडानमा १५ दिन गरिएको प्रचारको कार्यक्रममा ५ लाख ८० हजार खर्च भएको उल्लेख गरेको छ ।
यसका साथै नमूना मतपत्र छपाईमा ४९ हजार ८५०, झाप ५ को क्षेत्रीय निर्वाचन कार्यलय संचालन र पानीमा भएको खर्च १ लाख २० हजार, स्टेसनरी खर्च २२ हजार ८२० रुपैयाँ, खाजा खर्च जम्मा २८ हजार ९७० रुपैयाँ, प्रचार झन्डा र ब्याजको प्रसार सामग्री छपाइमा १ लाख ६५ हजार ४१, ब्यानर र स्टिकर छपाइमा १ लाख १९ हजार ८०८ र मनोनय दतामा भएको खर्च १० हजार गरी जम्मा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरेका छन् ।









