समय : ०६:४० pm | मङ्गलबार , माघ २७ गते २०८२

नेप्से परिसूचक १० अंकले घट्यो

अर्थ विशेष | माघ २७ गते २०८२

काठमाडौं । साताको तेस्रो कारोबार दिन पनि सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.३८ प्रतिशत अर्थात १०.२५ अंकले घटेर २ हजार ६६२.१४ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२७ प्रतिशतले घटेर ४५४.३९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर ८ अर्ब १६ करोड ६४ लाख बढीको सेयर कारोबार भयो । अघिल्ला दिन भने १० अर्ब ७७ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।

बजारमा सप्लाईको अवस्था हेर्दा ठूलो ग्रोथ हुने खालको माहोल बनाउने सम्भावना न्यून रहेको उनले बताए । तरपनि लिमिटेड स्टक र केही सेक्टरले गर्दा मार्केटलाई ३ हजारसम्म पुर्याउने सम्भावना रहेको उनको बुझाई छ । आज नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज म्युचुअल फण्ड र व्यापार समूह मात्रै बढे ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्