समय : ०८:२० am | बुधबार , माघ २१ गते २०८२

माछापुच्छ्रे बैंकको ३०.९७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | माघ १९ गते २०८२

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै ३० लाख ९७ हजार ३८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटलको सेयर विभागमा आवेदन दिनु पर्नेछ ।

यसरी आवेदन दिदा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाउनु पर्नेछ ।निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्