समय : ०२:५० pm | बुधबार , माघ २१ गते २०८२

आरएसडिसी लघुवित्तको नाफा बढ्यो

अर्थ विशेष | माघ ८ गते २०८२

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ७ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.५४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ४१ लाख रुपैयाँ यस्तो नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.०१ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २१ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १.७२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६९.४८ प्रतिशत बढेको छ। दोस्रो त्रैमाससम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ६८ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ९३ पैसा रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ४७ पैसा बढेर १४ रुपैयाँ ८३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ १५ पैसा रहेको छ।

१ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २६ करोड २३ हजार रुपैयाँ सञ्चित छ। पहिलो ६ महिनासम्ममा लघुवित्तले ५ अर्ब १ करोड ३७ लाख रुपैयाँ सापटीबाट ५ अर्ब ३१ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्