काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ । कात्तिक २५ गते एक कार्यक्रमको आयोजना गर्दै कम्पनी व्यवस्थापन समितिका सदस्य, कर्मचारी र ग्राहकहरूको उपस्थितिमा कम्पनीले आफ्नो वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममार्फत संस्थाको २४ वर्षको सेवा वृद्धि समुदाय र सरोकारवालाहरूको आर्थिक तथा व्यक्तिगत हितका लागि गरेको समर्पणलाई जोड दिइएको थियो ।
समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आरटिजिएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै समृद्धि फाइनान्स र पोखरा फाइनान्स एक अर्कामा गाभिने प्रक्रियामा रहेको छ ्र









