काठमाण्डौ । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १७ गते बिहान ९ देखि १० बजेसम्म बसेको सञ्चालक समितिको ६३५ औं बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । बैठकले आव २०८१/८२ सम्मको मुनाफा रकमबाट गत असार मसान्तसम्म कायम चुक्तापूँजीको कुल १०.३७ प्रतिशत लाभांश घोषणा गरेको हो । कुल लाभांशमा ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांश( कर प्रयोजनका लागि समेत) रहेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी २४ औं साधारण सभाबाट अनुमोदन गरी वितरण गरिेनछ ।









