काठमाण्डौ । भारतको अटो निर्माता कम्पनी टाटा मोटर्सले आफ्ना सबै व्यवसायिक सवारी साधनको मूल्य २ प्रतिशतसम्म बढाउने घोषणा गरेको छ । कम्पनीले आगामी जुलाई १ देखि लागू हुनेगरी सम्पूर्ण व्यवसायिक सवारी साधनको मूल्य बढाउने घोषणा गरेको हो ।
कमोडिटी प्राइसमा भएको बढोत्तरीका कारण सवारी साधनको मूल्य बढाउनु परेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मूल्यवृद्धि सबै व्यवसायिक सवारी साधनको रेञ्जमा लागू हुने र फरक–फरक मोडल तथा भेरियन्ट अनुसार मूल्यवृद्धि पनि फरक हुनेछ ।
टाटा मोटर्सले वित्त वर्ष २०२३र२४ मा हालसम्मकै उच्च आम्दानी गरेको छ । कम्पनीले यो वर्ष ४।३७ लाख करोड भारु आम्दानी गरेको छ । जुन कुनै एक वर्षमा कम्पनीले आर्जन गरेको अहिलेसम्मकै धेरै हो । यसअघि सन् २०२२/२३ को आर्थिक वर्षमा कम्पनीले ३.४५ लाख करोड भारु आर्जन गरेको थियो ।
यस्तै कम्पनीको मुनाफा पनि १ हजार प्रतिशत बढेर ३१ हजार ८०७ करोड भारु पुगेको छ । वित्त वर्ष २०२३ मा कम्पनीको मुनाफा २ हजार ६८९ करोड भारु थियो ।
यससँगै कम्पनीको भारत कारोबार कर्जामुक्त भएको कम्पनीका प्रमुख वित्तीय अधिकारी पीबी बालाजीले बताएका छन् ।