समय : ०६:२१ pm | बिहिबार , चैत्र १२ गते २०८२

कामना सेवा विकास बैंकद्वारा १५.७८९५% लाभांश घोषणा

अर्थ विशेष | भाद्र २२ गते २०८२


काठमाण्डौ । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ
बैंकको आइतबार दिनको ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिकवर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।

घोषित लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश(करसहित) रहेको छ।

प्रस्तावित लाभांश बैंकको आगामी १९ औं वार्षिक साधारणसभाबाट पारित भएपछि र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् ।

योसँगै गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने पहिलो विकास बैंक बन्न कामना सेवा सफल भएको छ । गत वर्ष पनि बैंकले १२ प्रतिशत लाभांश वितरण गरेको प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी दिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्