समय : ०६:१९ pm | बिहिबार , चैत्र १२ गते २०८२

माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा

अर्थ विशेष | भाद्र २० गते २०८२

काठमाडौं ।माछापुच्छ्रे बैंक लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले असोज १० गते, होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा २७ औँ वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत कर सहित नगद लाभांश पारित गर्ने छ ।

सभाले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले गरेको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भदौ २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । भदौ २६ गतेसम्म कायम रहेका शेयरधनीले मात्र सभामा भाग लिन पाउने र लाभांश पाउने छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्