समय : ०५:२४ pm | शुक्रबार , चैत्र १३ गते २०८२

कामना सेवा विकास बैकका ग्राहकले स्काई वाक टावरमा विशेष छुट पाउने

अर्थ विशेष | श्रावण २१ गते २०८२

काठमाडौं । कामना सेवा विकास बैंकले कमलादी, काठमाडौं स्थित स्काई वाक टावरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले स्काई वाक टावरको टिकट रकममा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र स्काई वाक टावरका विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गरे ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्