समय : ०९:५२ pm | सोमबार , असार २३ गते २०८२

सर्वसाधारणका लागि प्रभु बैंकको २१.०५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | असार २३ गते २०८२

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको २१ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल २१ लाख ५ हजार ६७५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

विद्यमान संस्थापक सेयरधनीका लागि विभिन्न मितिमा ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि यो सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

यो सेयर खरिदका लागि आम सर्वसाधारणले सूचना प्रकाशित भएको १५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको ‘फिट एण्ड टेष्ट’को मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्