समय : ०१:३४ pm | बुधबार , चैत्र ११ गते २०८२

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | जेठ २६ गते २०८२

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि आजदेखि संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन । सेयर खरिद गर्न जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ । यस्तो आवेदन काठमाण्डौको दरबारमार्गमा रहेको बैंकको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्