समय : ०५:३७ pm | बुधबार , चैत्र ११ गते २०८२

नेको इन्सुरेन्सको साधारण सभा आज

अर्थ विशेष | जेठ ९ गते २०८२

काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको २९ औं साधारण सभा आज बिहान ११ बजे काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा आयोजना हुनेछ
सभामा आर्थिक वर्ष २०८०/८० का लागि सेयरधनीहरुलाई चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

यस्तै बोनस सेयरको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सोहि अवधिको नाफा नोक्सान,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ । यस्तै चालु आवको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्