समय : ०४:०४ am | बुधबार , चैत्र १० गते २०८२

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको करिब सवा २ लाख कित्ता शेयर बिक्रीमा

अर्थ विशेष | जेठ ६ गते २०८२

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको करिब सवा २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको २ लाख २३ हजार २९९ कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान शेयरधनीहरुले मात्रै खरिद निवेदन दिन पाउनेछन्।शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको म्या दिइएको छ। तोकिएको अवधिभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन पेस गर्न सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्