समय : ०५:४४ pm | बुधबार , चैत्र ११ गते २०८२

नेशनल लाइफको लाभांश घोषणा

अर्थ विशेष | वैशाख ३१ गते २०८२


काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । वैशाख ३१ गते बिहान साढे ९ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८०/८१का लागि कम्पनीका सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ । यस्तै बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशत नगद लाभांशबाट समायोजन गरिने कम्पनीले जनाएको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्