समय : ०४:१८ pm | बुधबार , चैत्र ११ गते २०८२

सानिमा रिलायन्स लाइफको नाफा र बीमाशुल्क आर्जन सामान्य बढ्यो

अर्थ विशेष | वैशाख २८ गते २०८२

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१÷८२ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार कम्पनीको खुद नाफा ३३ करोड ७६ लाख रहेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.७७ प्रतिशतले बढी हो ।

अघिल्लो आवमा कम्पनीले ३० करोड ४८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले बीमाशुल्क आर्जन १५.८८ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ४ अर्ब १ करोड रहेको बीमाशुल्क आर्ज ४ अर्ब ६५ करोड पुगेको छ ।यस्तै अघिल्लो आवमा ५ अर्ब २२ करोड रहेको कुल आम्दानी पनि बढेर ६ अर्ब १२ करोड पुगेको छ । यो अवधिमा कम्पनीले कुल ५ अर्ब ७८ करोड रुपैयाँ खर्चिएको छ । जुन अघिल्लो आवको तुलनामा १७.४१ प्रतिशतले बढी हो ।

कम्पनीको खुद दाबी भुक्तानी पनि ३ अर्ब ८३ करोडबाट बढेर ४ अर्ब ६९ करोड पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ती कोषको आकार १५ करोड ३६ लाख र रिटेन्ड अर्निङ ३० करोड ९९ लाख रहेको छ । यस्तै कम्पनीले तेस्रो त्रैमाससम्म ३ लाख ३४ हजार ११७ वटा बीमा पोलिसी जारी गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)८.९८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११०.६०, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४९२.६० रुपैयाँ र मूल्य आम्दानी अनुपात ४६.०६ गुणा कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्