समय : १२:५७ am | बुधबार , चैत्र १० गते २०८२

नेपाल एसबिआई बैंकद्वारा चेपाङ समुदायलाई खाद्य सामाग्री बितरण

अर्थ विशेष | वैशाख २३ गते २०८२

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं १४ र १५ का चेपाङ समुदायलाई लक्षित गरी अत्यावश्यक खाद्य सामाग्री बितरण गरेको छ । बैंकका बागमति प्रदेश प्रमुख, सुशिल राज श्रेष्ठले समुदायका त्रिसठ्ठी परिवारलाई एक कार्यक्रमका बीच औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । बैंकले बिपन्न तथा पिछडिएका बर्गहरुमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

नेपाल एसबिआई बैंकले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २२ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्