समय : ०२:४६ pm | बुधबार , चैत्र ११ गते २०८२

हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक

अर्थ विशेष | वैशाख २२ गते २०८२

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०÷८१ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा अधिकतम ८६ रुपैयाँसम्म बोनस निर्धारण गरेको छ ।
कम्पनीले सावधिक बीमालेख (GEP-END, GEP-PO, PLPP, PLSJB, PLSLP,PSB & PSW) ९ वर्षे अवधिका लागि २६ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३१ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३६ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४२ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ६३ रुपैयाँ बोनस दर कायम गरेको छ।

यस्तै सावधिक तथा आजीवन बीमालेख (पीजेएस)अन्तर्गत ९ वर्षे अवधिका लागि ३६ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ७५ रुपैयाँ बोनस दर कायम गरेको छ बोनस दर निर्धारण गरेको छ।

कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि कुनै पनि दर तोकेको छैन, १० देखि १४ वर्ष अवधिका लागि ५६ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ६४ रुपैयाँ, २० देखि २४ वर्षका लागि ७१ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ८६ रुपैयाँ बोनस दर कायम गरेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्