समय : ०६:१९ am | सोमबार , पौष ८ गते २०८१

नेपाल टेलिकमले पायो मोबाइल लाइसेन्सको थप ५ वर्षे अनुमति

अर्थ विशेष | वैशाख २९ गते २०८१
काठमाडौं । नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल लाइसेन्सको नयाँ अनुमति प्राप्त गरेको छ । २१ करोड रुपैयाँ बराबरको दस्तुर नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएर टेलिकमले थप पाँच वर्षका लागि शुक्रबारदेखि नयाँ लाइसेन्स प्राप्त गरेको हो । प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ५ वर्षे अवधिको नयाँ लाइसेन्स (अनुमति) दिने निर्णय गरेको प्राधिकरणका निर्देशक सन्तोष पौडेलले बताएका छन् । यसअघि टेलिकमले २९ वैशाख २०५६ मा २५ वर्षे अवधिको लाइसेन्स पाएको थियो । सो लाइसेन्सको अवधि शुक्रबारदेखि नै सकिएको छ । नेपाल टेलिकमलाई नयाँ अनुमति पत्र जारी गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । दूरसञ्चार सेवालाई नियमित गर्ने प्रयोजनका लागि दूरसञ्चार ऐन २०५३ को दफा २० को अधिकार प्रयोग गरी सो निर्देशन दिइएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्