काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिटिमेडले लाभांश घोषणा गरेको छ । वैशाख ११ गते बिहान ८ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८०/८० को वित्तीय विवरण पारित गर्दै विवरणअनुसार कायम रहेको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लाग) गरी कुल ७.३६८४ प्रतिशत लाभांश घोषणा गरेको छ । प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।
नेको इन्स्योरेन्सको लाभांश घोषणा
