काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले १ लाख ४४ हजार ३८३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको मध्य बोनश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० सय रुपैयाँ तोकिएको छ । निर्धारित समयभित्र संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने संस्थाले जनाएको छ
छिमेक लघुवित्तको १.४४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
