समय : ०८:०३ pm | बिहिबार , वैशाख ११ गते २०८२

सुनको मूल्य हालसम्मकै उच्च

अर्थ विशेष | वैशाख ८ गते २०८२

काठमाण्डौ । सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढ्दै किर्तिमानी उचाईमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार कायम भएको छ । यो मूल्य स्थानिय बजारमा कारोबार भएको हालसम्मकै उच्च हो ।

यसअघि गत वैशाख ४ गते सुनको भाउ हालसम्मकै उच्च कायम थियो । उक्त दिन सुनको भाउ ३ हजार ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ९० हजार ६ सय पुगेको थियो । Sponsored
आइतबार भने सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सयमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज आइतबारकै मूल्यमा अर्थात प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्