समय : ०७:१८ pm | मङ्गलबार , चैत्र १० गते २०८२

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.६९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | वैशाख ५ गते २०८२

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ८ जना संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ६९ हजार २१९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले लाजिम्पाटमा रहेको बैंकको सेयर शाखामा के–कति दरमा खरिद गर्ने हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्