समय : ०३:४५ pm | बिहिबार , फागुन २८ गते २०८२

सुनको मूल्य तोलामा तीन हजार छ सयले बढ्यो

अर्थ विशेष | वैशाख ४ गते २०८२

काठमाडौँ ।सुनको मूल्य तोलाको रु एक लाख ९० हजार ६०० पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार मङ्गलबार प्रतितोला रु एक लाख ८७ हजारमा कारोबार भएको सुन आज तोलामा रु तीन हजार ६०० ले रु एक लाख ९० हजार ६०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको रु एक हजार ९६० कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा रु पाँचले बढेर एक हजार ९६० कायम भएको हो । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्