समय : ०३:४५ pm | बिहिबार , फागुन २८ गते २०८२

सुन हालसम्मकै महङ्गो

अर्थ विशेष | वैशाख ३ गते २०८२


काठमाण्डौ । आज सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज प्रतितोला २७ सय रुपैयाँले बढेसँगै सुनको मूल्यले नयाँ उचाई चुमेको हो ।
स्थानिय बजारमा आज सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गत चैत ३१ गते सुनको मूल्य हालसम्मकै उच्च कायम थियो । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँ कायम थियो ।

आज घरेलु बजारमा चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९५५ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्