समय : ०२:०७ pm | बिहिबार , फागुन २८ गते २०८२

सुनको मूल्य हालसम्मकै उच्च

अर्थ विशेष | फागुन १३ गते २०८१

काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको हो ।
नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसअघि सुनको मूल्य गत कात्तिक १५ गते र फागुन ८ गते हालसम्मकै उच्च कायम भएको थियो । त्यसबेला सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ कायम भएको थियो ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्