समय : १२:४१ am | बिहिबार , माघ २१ गते २०८२

क्रेष्ट माइक्रो लाइफको आईपीओ बाँडफाँड

अर्थ विशेष | फागुन ६ गते २०८१

काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले गत माघ १५ गतेदेखि २९ गतेसम्म निष्कासन गरेको आईपीओ फागुन ५ गते निष्कास तथा त्रिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको परिसरमा बाँडफाँड भएको हो ।
उक्त आईपीओमा रितपूर्वक आवेदन दिने ४७ हजार ५१६ सय आवेदकमध्ये २२ हजार ५ सय जनालाई सेयर बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।

कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि निष्कासन गरेको थियो ।

बाँडफाँडमा परेका सेयरहरुको विवरण एनआईएमबी एस क्यापिटलको वेबसाइट अथवा सिडीएससीबाट सञ्चालित वेबसाइटबाट हेर्न सकिन्छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्