समय : ०७:५२ pm | बुधबार , माघ २१ गते २०८२

नेपाल लाइफ इन्स्योरेन्सको लाभन्स घोषणा

अर्थ विशेष | पौष २८ गते २०८१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलेले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । प्रस्तावित लाभांशमा बोनस सेयर १० प्रतिशत र नगद लाभांश ११.०५ प्रतिशत (करसहित) रहेको छ।

पुस २६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ। इन्स्योरेन्सको उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी २५औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्