समय : ०७:४८ am | सोमबार , पौष ८ गते २०८१

सुनको मूल्य प्रतिऔंस १७ डलरले बढ्यो

अर्थ विशेष | जेठ १५ गते २०८१

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.७५ प्रतिशत अर्थात १७.५३ डलरले बढेको छ .
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ३५४.७२ डलरमा कारोबार भईरहेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतिऔंस ४.०९ प्रतिशत अर्थात १.२५ डलरले बढेको छ । यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ३१.७७ डलर पुगेको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्