समय : ०७:५० am | सोमबार , पौष ८ गते २०८१

टफिचो तड्का अब इमिलीको स्वादमा

अर्थ विशेष | वैशाख २७ गते २०८१

काठमाडौं । सूर्य नेपालले आफ्नो कन्फेक्सनरी ब्रान्ड टफिचो अन्तर्गत नयाँ टफी ‘तड्का इमली’ बजारमा ल्याएको छ । नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपालले नयाँ टफी तड्का इमलीलाई ‘टेस्टको नयाँ ब्लास्ट’ नारा सहित बजारमा ल्याएको हो ।

तड्का इमलीको चट्किलो स्वादको साथै चाट मसलाको उत्कृष्ट सम्मिश्रण टफीमा पाइने कम्पनीले जनाएको छ । यस टफी ५ रुपैयाँको २ वटा पाइनेछ ।

नौलो स्वादले ग्राहकहरुको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको छ । आँप र लिचीको स्वादमा उपलब्ध गराउँदै आएको टफी अब इमलीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिनुको साथै टफिचो तड्का इमिली नेपाल भरिका खुद्रा पसलहरुमा पाइने कम्पनीले जनाएको छ ।

मिन्ट ओ फ्रेस तथा टफिचोका विभिन्न उत्पादन बजारमा ल्याएको सूर्य नेपालले टफिओ इमिली समेत नेपाली उपभोक्ताले मन पराउने जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्