समय : १२:४५ pm | सोमबार , पौष ८ गते २०८१

नेशनल लाइफको व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था

अर्थ विशेष | जेठ १३ गते २०८१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट(विलम्ब शुल्क)को व्यवस्था गरेको छ । कम्पनीले व्यतित बीमालेख पुर्नजागरण वा नविकरण गराउँदा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो ।

कम्पनीले जेठ १० गतेदेखि असार १५ गतेभित्र नविकरण बीमाशुल्क भुक्तानी गर्ने बीमितलाई ब्याज छुट प्रदान गरिने जनाएको छ ।

विस २०७७ चैत २ गतेदेखि हालसम्म व्यतित भएका बीमालेखहरुमा शतप्रतिशत, २०७४ चैत २ गतेदेखि २०७७ चैत १ गतेसम्म व्यतित भएका बीमालेखहरुमा ७५ प्रतिशत र अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिबाट २०७४ चैत १ गतेसम्म व्यतित भएका बीमालेखहरुमा ६० प्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ ।

एकपटक विलम्ब शुल्कमा छुट लिईसकेका बीमितहरुलाई पुरा बीमा आवधिभर पुनःछुट नदिइने कम्पनीले जनाएको छ । पुर्नजागरण मितिले २ वर्षभित्र समाप्ती हुने बीमालेखहरुको हकमा विलम्ब शुल्क छुटको सुविधा नपाउने कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्