काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बेंकले लाभांश नदिने निर्णय गरेको छ । बैंकको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले उक्त आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने र उक्त अवधिको लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकतार्थ नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।










