समय : ०३:५६ pm | बिहिबार , भाद्र ४ गते २०८३

नेप्सेमा ७ अंकको वृद्धि

अर्थ विशेष | भाद्र ४ गते २०८३

काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ७ दशमलव १७ अंकले बढेर २,६२९ को विन्दुमा कायम भएको छ । आज १३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीकै शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४५ कम्पनीको ९५ लाख कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एग्रिकल्चर बोन्डको कारोबार भएको छ । आज यसको ५० करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ३० करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको २२ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै माउन्ट एभरेष्ट र सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । एनआइसी एशिया सेलेक्ट फन्डका इकाईधनीले ६ दशमलव ६३ प्रतिशतका दरले कमाएका छन् । मान्डु हाइड्रोका लगानीकर्ताले ४ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कुमारी धनवृद्धि योजनाका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९ दशमलव ७७ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्