समय : १०:४१ am | सोमबार , वैशाख ७ गते २०८३

याम्बालिङ्ग हाइड्रोपावरले वैशाख १६ गतेदेखि आईपीओ निष्कासन गर्ने

अर्थ विशेष | वैशाख ७ गते २०८३

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुलाउने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि सेयर बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणअन्तर्गत सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले बैशाख १६ गतेदेखि ७ करोड ४३ लाख रुपैयाँबराबरको १७ लाख ४३ हजार कित्ता साधारण सेयर निष्काशन गर्नेछ। यो आईपीओमा बैशाख २२ गतेसम्म आवेदन दिन सकिनेछ भने मागअनुसार ढिलोमा बैशाख ३० गतेसम्म अवधि लम्बिन सक्नेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

यसअघि कम्पनीले ७ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई तथा २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण गरिसकेको छ। साथै, सामूहिक लगानी कोषका लागि १ लाख ५ हजार कित्ता र कर्मचारीका लागि ४२ हजार कित्ता सेयर पनि बाँडफाँट भइसकेको छ।

आईपीओको रेटिङ केयर रेटिङ्ग नेपाल ले ‘केयर एनपी बीबी’ रेटीङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त रहेको छ। इच्छुक लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् भने मेरो सेयर प्लेटफर्म प्रयोग गरेर अनलाइन आवेदनको सुविधा पनि उपलब्ध रहेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्