काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेका दुई बन्दमुखी योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेका छन् ।
सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेका सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इक्विटी फण्ड–२, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ को लेखापरीक्षण कार्य सम्पन्न भएको छ ।
लेखापरीक्षण कार्य सम्पन्न भएलगत्तै सिद्धार्थ क्यापिटलको भदौ १ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ का इकाइधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ का इकाइधनीले ८ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ का इकाइधनीले १० प्रतिशत नगद लाभांश पाउनेछन् ।
लाभांश वितरणका लागि आवश्यक प्रक्रिया पूरा गरी बुक क्लोज मिति तय गरिनेछ ।










