समय : ०९:११ pm | शुक्रबार , जेठ १ गते २०८३

लिबर्टी इनर्जीको सेयर खरिदका लागि आजदेखि बोलपत्र पेश गर्न सकिने

अर्थ विशेष | माघ २ गते २०८१

काठमाडौं । लिबर्टी ईनजी कम्पनीले आजदेखि सेयर लिलाम विक्री सुरु गरेको छ । कम्पनीले हकप्रद निष्कासन गर्दा बिक्री नभएको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत विक्री गर्न लागेको हो ।

कम्पनीको सेयर व्यक्ति, कम्पनी तथा संघ, संस्थाहरुले आजदेखि माघ ९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गरेर आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । यसमा आवेदन प्रभु बैंकको विराटनगर, बीरगंज शाखा, जाउलाखेल, हेटौंडा, पोखर, बुटवल, सुर्खेत र धनगढी शाखा मार्फत दिन सकिने जनाइएको छ ।

कम्पनीले मंसिर १६ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत अर्थात ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्