समय : ०३:०० am | आइतबार , वैशाख २६ गते २०८३

गरिमा विकास बैंकको ४.२५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | असाेज ८ गते २०८१

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ४ लाख २५ हजार १५६.६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि गत साउन ४ गते ३५ दिने सूचना जारी गरि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखिएको थियो । तर विद्यमान संस्थापकहरबाट केही सेयर खरिदका लागि आवेदन प्राप्त भएकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

यसर्थ सेयर खरिद गर्न इ्रच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित काठमाण्डौको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

यसरी आवेदन दिदा आफूले खरिद गर्न चाहेको सेयरको व्यहोरा खुलाउनु पर्नेछ ।

यस्तै बैंकले अर्को सूचना जारी गर्दै १ लाख ८ हजार १३० कित्ता संस्थापक सेयर पनि बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि भने बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्