समय : ०१:१९ pm | आइतबार , वैशाख २७ गते २०८३

वातावरण सुन्तुलित राख्न ऊर्जा प्रभावकारी घर

अर्थ विशेष | भाद्र ३१ गते २०८१

जानकी (बाँके)। बर्दियाका राजेन्द्र थारुको टाउकोमा ‘सेफ्टी हेल्मेट’ र हातमा इन्सुलेटरसँगै केही इँटा छ । उहाँ ऊर्जा प्रभावकारी घर बनाउनमा व्यस्त हाल नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित कारकाँदोका कृष्ण अधिकारीको घर बनाउने काममा खटिरहेएको छ ।

विगत १३ वर्ष देखि डकर्मीको काम गर्दै आएका राजेन्द्रलाई ऊर्जा प्रभावकारी घरबारे यसअघि केही थाहा थिएन । “धेरै वर्षदेखि घर बनाउने काम गर्दै आईरहेको छु, तर यो ऊर्जा प्रभावकारी घरको विषयमा मलाई थाहा थिएन”, उहाँले भन्नुभयो, “नेपालगञ्जमा ऊर्जा प्रभावकारी घर बनाउन तालिम खुलेको थाहा पाएपछि म सिक्न आएको हुँ ।”

उमेरले ३० वर्षका राजेन्द्रलाई शुरुमा ‘ऊर्जा प्रभाकारी घर’ सुन्दा अनौठो लागे पनि तालिममा सहभागी भएपछि यस्तो घर बनाउन सजिलै सक्छु भन्ने लागेको छ । “शुरुमा त कस्तो हुन्छ जस्तो लागेको थियो तर सिक्दै जाँदा यस्तो घर बनाउन खासै गाह्रो नहुने रहेछ” “मलाई त हामीले बनाइरहेको घरभन्दा ऊर्जा प्रभावकारी घर बनाउन सजिलो लाग्यो । अब सबैले यस्तै घर बनाउन आवश्यक छ ।”उनले भने ।

राजेन्द्रसँगै बर्दिया गुलरिया नगरपालिका–८ आशापुरका भगोलिया लोधले पनि तालिम लिइरहुन भएको छ । २२ वर्षको उमेरदेखि घर बनाउँदै आएका भगोलियासँग २५ वर्ष घर बनाउने काम गरेको अनुभव छ । तर, २५ वर्षे अनुभवमा ‘ऊर्जा प्रभावकारी घर’ बनाउने अनुभव नयाँ हो ।

“ऊर्जा दक्ष घरको विषयमा अहिले नेपाल सरकारले ल्याएको नीति ढिला भएको छ”, उन भने, “हुन त पछि आउने हाम्रो सन्तानहरुको लागि यो लाभदायक होला तर यो नीति पहिला ल्याइदिएको भए हामी यसको लाभ लिन पाउथ्यौँ ।”

बढ्दो अव्यवस्थित शहरीकरणसँगै वातावरणीय उर्जाको खपत न्यूनीकरण गर्ने उद्देश्यले यस्ता घर निर्माण शुरु गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित कारकाँदोमा उक्त ऊर्जा प्रभावकारी घर निमार्ण शुरु गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।

वातावरणमा आएको परिवर्तनका कारण बढ्दो तापक्रम नियन्त्रण गरी उर्जाको खपतमा न्यूनीकरण हुने हुँदा आगामी दिनमा नगरपालिका भित्र ऊर्जा प्रभाकारी घर निमार्ण गर्न नगरवासीहरुलाई नगर प्रमुख विष्टले आग्रह गर्नुभयो ।

“नेपालगञ्जमा कृष्ण अधिकारी ज्यूले ऊर्जा प्रभावकारी घर निमार्ण गर्दै यहाँको मौसमका लागि यस्ता घर निमार्ण अत्यन्तै आवश्यक छ”, नगर प्रमुख विष्टले भने, “ मात्र हैन अब अरुले पनि नयाँ घर बनाउँदा यस्तै घर निमार्ण गर्न आग्रह गर्दछु । यसका लागि नगरपालिकाले केही प्रतिशत छुटको व्यवस्था गर्नेछ ।”

नेपालगञ्ज ‘हिटवेभ’ र शितलहरको प्रकोपले प्रताडित शहर भएकाले यस्तो प्रविधिको प्रयोग गरी घर निर्माण गर्दा नक्सापास वा अन्य सुविधा उपलब्ध गराउने गरी भवन आचारसंहिता निर्माण गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

अव्यवस्थित शहरीकरणका कारण वातावरणमा परेको प्रभावलाई कम गर्दै प्रकृतिक रुपमा वातावरण सन्तुलन गर्न ऊर्जा प्रभावकारी घर निर्माण थालिएको घर धनी कृष्ण अधिकारी बता । गर्मीमा अत्यधिक तातो र हिउँदमा अत्यधिक जाडो हुने भएकोले दुवै अवस्थामा वातारण सन्तुलन राख्ने ‘डिजाइन’ तयार पारेर घर निर्माण सुरु गरिएको ‘विल्डिङ्ग इनर्जी ईफिसियन्सी ईन नेपाल’का ‘विल्डिङ्ग मेटेरियल एक्सपर्ट इन्जिनियर’ सानुबाबु डंगोलले जानकारी दिए ।

उक्त संस्थाका परियोजना इन्जिनियर अभिशेष कर्णका अनुसार युरोपियन युनियनको अर्थिक सहयोगमा नेपालको बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका ६० पालिकामा उर्जा प्रभावकारी घर निर्माण परियोजना लागु हुने छ ।

घर निर्माण गर्दा बाहिरको तातो भित्र नजाने र भित्रको तापमान यथास्थितिमै रहेन गरी घर निर्माण गरिने भएकाले पहिलो चरणमा बाँके र बर्दियामा घर बनाउने डकर्मीलाई तालिम दिईएको उहाँले बताए। यसका लागि तयार पारिएको डिजाईन तथा प्रविधि प्रयोग गरेर घर निर्माण गर्दा तातो चिसो बनाउन लाग्ने उर्जाको खपत हुने र घर पनि प्राकृतिक रुपमै वातावरणमैत्री हुने दाबी गरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्