समय : ०५:०३ pm | आइतबार , वैशाख २७ गते २०८३

सूर्यज्योति लाइफको ८.०१ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

अर्थ विशेष | भाद्र २८ गते २०८१

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।
बैंकले कम्पनीको ८ लाख १ हजार ४७३ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो ।

सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम बिक्री मूल्य २०८ रुपैयाँ निर्धारण गरिएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्