समय : ०५:५४ pm | आइतबार , वैशाख २७ गते २०८३

तोलामा एक सयले घट्यो सुनको मूल्य

अर्थ विशेष | भाद्र २७ गते २०८१

काठमाडौँ। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ । बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ९५ निर्धारण भएको छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्